कार्तिक ४, काठमाडौं । रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । शनिबार नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको हो । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन सहित ३ लाख नक्कली नोट पनि बरामद गरेको प्रहरीले जनाएको छ ।