कार्तिक ८, काठमाडौँ । राष्ट्रिय समचार समितिमा कार्यरत चन्द्रलाल श्रेष्ठको अल्पायुमा नै निधन भएको छ । विगत लामो समयदेखि राससमा कर्मचारी (सवारी चालक)को रुपमा काम गर्दै आउनुभएका श्रेष्ठ वि.सं. २०२६ साल भदौं १३ गते जन्मनुभएको थियो । उहाँ राससको कर्मचारी युनियनका सदस्य समेत हुनुहुन्थ्यो । कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा…