पिकअप दुर्घटना हुँदा दुई गाईसहित एकजनाको मृत्यु

काठमाडौँ, ९ साउन । सिन्धुलीमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप आज बिहान करिब १२ः५० बजे सुनकोसी गाउँपालिका–६, शीतलपाटीमा दुर्घटना भएको हो । गाडीमा राखेर लैजाँदै गरेका दुई जर्सी गाई पनि मरेको अवस्थामा फेला परेको छ । दुई…