असोज २९, काठमाडौं । शाहवंशी राजाहरुले लगाउने श्रीपेच आज सोमबारबाट सर्वसाधारणले हेर्नका लगी खुल्ला गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड तत्कालीन रानीको मुकुट, तरबार, झारी, चमरलगायत सामग्री प्रदर्शनीमा राख्न उद्घाटन गर्ने भएको छ । प्रदर्शनमा राख्न लागिएको श्रीपेच राजा विरेन्द्रका लागि २०२८ सालमा प्रेमलाल श्रेष्ठले तयार गरेका थिए…