असार ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संघिय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका क्रममा मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वभिमानलाई केन्द्रविन्दुमा राखी सहयोग, सहकार्य र लगानीमा केन्द्रिय भई सम्झौताहरु हुने बताएका छन् । चीनका प्रधानमन्त्रीको औपचारीक निमन्त्रणामा असार ५ देखि १० गते सम्म औपचारीक भ्रमणमा जाने तयारी रहेका…