सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

जेष्ठ २६, कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने ९लाटी० ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेका थिए…