काठमाडौँ, ३ असार । कञ्चनपुरबाट प्रकाशित ‘दैनिक मानसखण्ड’का सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई सार्वजनिक अपराध गरेको आरोपमा प्रहरीले पत्रिकाको कार्यालयबाटै नियन्त्रणमा लिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पत्रिका नै बन्द गर्ने गरी सम्पादक, कार्यकारी सम्पादकलाई गिरफ्तार गरेर सरकार पूर्णरूपमा स्वतन्त्र प्रेसलाई नियन्त्रण गरी निरङ्कुशतातिर उन्मुख…