चितवन, २१ जेठ । भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध नेकपा एमाले चितवनले आज यहाँ विरोध प्रदर्शन गरेको छ । भरतपुरको चौबिसकोठीमा जम्मा भएर एमाले नेता तथा कार्यकर्ता नारा जुलुस गर्दै नारायणगढको पुल्चोक पुगेका थिए । पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित भइसकेकामा सत्ताको प्रभावमा…