नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

नवलपरासी, ४ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई  बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव बिहीबार नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए…