ठगीको आरोपमा चारजना पक्राउ

काठमाडौँ, २० बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ७० लाख १५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का सम्पूर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का सुजन गिरी, काठमाडौं महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ का शिरबहादुर बराल…