काठमाडौँ, १५ फागुन । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको अज बिहान मृत्यु भएको हो । टिपर सफा गरेर पानी ओछ्याउने क्रममा टिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा…