काठमाडौँको १४ ठाउँमा यात्रु सहायता कक्ष

काठमाडौँ, २१ असोज । दसैँ तिहारमा गाउँ फर्किनेहरूलाई सहयोग गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सहायता कक्षहरु काठमाडौँ उपत्यकामा १४ ठाउँमा स्थापना गरिएको छ । काठमाडौँको नागढुंगा, कलङ्की, बाफल, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली र सुन्धारामा सहायता कक्ष स्थापना गरिएको छ…