काठमाडौँ, १६ भदौ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार ५८९ जनामा फैलिएको डेंगु अगस्ट ३० मा ७५८ जना सङ्क्रमित थपिएर ६ हजार ३४७ जना पुगेको…