काठमाडौँ, ९ भदौ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा सहकारीपीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । प्रहरी वृत्त बौद्धका अनुसार मोरङको विराटनगरका चतुर्वेदी शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको हो । चतुर्वेदी अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको…