फेवातालमा कार खस्दा एक जनाको मृत्यु

काठमाडौँ, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती अन्दाजी २ः१० बजेको समयमा पामेको गैह्राकोचौतरा नजिकै दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको हो । कारका चालकले नियन्त्रण गुमाउँदा कार अचानक सडकबाट फेवातालमा खसेको थियो ।…