काठमाडौँ, २२ साउन । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी)का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकाेमा एक जनाको मृत्यु भएको हो । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र…