पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौँ, १८ असार । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा बागलुङको कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प  भएका छन् ।  जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक…