काठमाडौँ, २७ जेठ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार अपराह्न साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर सनबहादुर बेपत्ता भएका थिए ।…