बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौँ, ११ जेठ । बाजुरामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार गएराति जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई नियन्त्रणमा लिएको हो । १७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बाजुराको हिमाली गाउँपालिकास्थित किशोरीकै घरमा बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।