आगलागीबाट पन्ध्र घर जलेर नष्ट

काठमाडौँ, १९ वैशाख । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी १५ घर जलेका छन् । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा…