चितवन, २२ चैत । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको हो । सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ ।…