पोखरा, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २५० मिटर तल खसेको छ । जीपमा सवार १० जनाको जीवितै उद्धार गरिएको छ । मृतकको पहिचान…