काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोले प्रहरीले पक्राउ गरेका व्यक्तिको परिचय भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उक्त व्यक्तिलाई स्वयम्भू क्षेत्रबाट…