रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर 

रसुवा, २० माघ । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो ।  इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले स्थापना गरेको एएनएमएस संस्था र नौकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरबाट ९०…