गैँडा मारेको आरोपमा पक्राउ

चितवन, ११ माघ । गोली हानी गैँडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरा छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलबाट पक्राउ गरिएको थियो ।…