सर्लाहीमा गोली चल्यो

सर्लाही, २० पौष । सर्लाहीमा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।  सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो । सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ ।…