नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीको  निगरानी

कञ्चनपुर, १८ पौष । नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्यालीलगायत नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा)का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आर्थिक वर्ष  २०८०/०८१ को हालसम्म…