काठमाडौँ, ६ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । यस्तै छिमेकी गाउँपालिका गुल्मी दरबारले पनि भोली बिदा दिने…