झापा र भोजपुरबाट २० जुवाडे पक्राउ

झापा, १ मंसिर । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् । शुक्रवार बिहान झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका ४ बस्ने टंक बराल समेत १५ जनालाई पक्राउ गरेको हो ।…