पोखरामा पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव हुने

काठमाडौँ, २६ कार्तिक । होटल सङ्घ पोखराले पर्यटन प्रवर्द्धन गर्न भाइटीका महोत्सव गर्ने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गर्ने भएको छ । ‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडको होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घले जनाएको छ । नेपाली संस्कृतिको संरक्षण एवम्…