काठमाडौँ, २४ कार्तिक । काठमाडौँबाट होटल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रभाग गोंगबुका अनुसार बिहीबार राति काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका सञ्चालकसहित ७ जना जुवा खेल्दा खेल्दै पक्राउ परेका हुन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले सञ्चालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले…