गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि शुरु

काठमाडौँ, १४ कार्तिक । ललितपुरको जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० शुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा शुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने रहेको छ । प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ ।…