काठमाडौँ, ३० असोज । देशभरबाट मनसुन बाहिरिए पनि हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जसका कारण देशका विभिन्न भू-भागमा बदली तथा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार बिहान गण्डकी, बागमती र मधेश प्रदेशका केही भू-भागमा मेघ गर्जन/चटयाङ तथा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ।…