बेनी, १६ असोज । अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएको छ । गए रातिदेखिको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेको हो । बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४, फापरखेतको…