चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो गैँडा

चितवन, १७ भदौ । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत  भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिए । झण्डै ६–७ महिना अघि…