काठमाडौँ, २९ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज पनि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेकाले मनसुनको गतिविधि सक्रिय भएको हो । विभागका अनुसार आज बिहान देशभर पूर्णतया बदली रहेको छ । सबै…