बाढी-पहिरोले ६ वटा सडक अवरुद्ध

काठमाडौँ, २९ साउन । देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२  वटा एकतर्फी सञ्चालनमा छन् । काठमाण्डौसँग जोडिएको मुग्लिन-नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ । तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ…