काठमाडौँ, २१ असार । समयमै दुई प्रसारण लाइन नबन्दा विद्युत् प्रवाह अवरोध छ। वर्षायाममा विद्युत् फालाफाल हुँदा पनि बत्ती जाने, उद्योगमा नियमित आपूर्ति नहुने समस्या बढ्दो छ । विद्युत् उत्पादन नभएरभन्दा पनि प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हेटौंडा–ढल्केवर–इनरुवा ४ सय केभी, हेटौंडा–भरतपुर–बदघाट २२० केभी आयोजना तीन वर्षमा…