विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौँ, ९ असार । नेपाल विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । शनिबार ताकासिंगा स्पोर्ट्स क्लबमा नेपालले प्रस्तुत गरेको १६८ रनको सामान्य लक्ष्य २७.१ ओभरमा तीन…