खोटाङ, १९ जेठ । दिक्तेलमा घरको छतबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको छतबाछ खसेर मृत्यु भएको हो । बिहीबार बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको रेलिङबाट खसेकी उनको स्थानीय फेमिली…