काठमाडौ १७ जेठ । चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । बुधबार दिउँसो करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै दाहाल दिल्ली गएका हुन् । दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति…