गाजाको अस्पतालमा भएको हवाई आक्रमणको नेपालद्वारा निन्दा

काठमाडौँ, ३ कार्तिक । नेपालले गाजाको अस्पतालमा सयौं मानिसहरूको ज्यान जानेगरी भएको आक्रमणको निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी गाजाको अस्पतालमा बुधबार निर्दोष नागरिकहरूको मृत्यु हुनेगरी भएको आक्रमणको निन्दा गरेको हो। साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा  नेपालले जोड दिएको छ । परराष्ट्र मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा…