काठमाडौँ, २४ साउन । सङ्घीय संसद् प्रतिनिधि सभाको भोली बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन् । दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ । दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ…