इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

काठमाडौँ, २० मंसिर । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् । अनिता पाइजा मगरलाई सात महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले…