काठमाडौँ, ८ असोज । वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो । मन्त्री शरतसिंह भण्डारीले कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर नेपालमै कोमामा राख्ने व्यवस्था मिलाउन लागिएको बताए । त्यसका लागि सम्बन्धित देशमा रहेको राजदूतावासलाई यकिन तथ्याङ्क…