सभामुख घिमिरे र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १८ भदौ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदानलगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भएपश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको…