काठमाडौँ‚ १८ भदौ । चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको भनेर आलोचना भइरहेका बेला नेपालले नै अन्तर्राष्ट्रिय समुदायलाई नयाँ नक्साबारे पत्राचार गरी जानकारी नपठाएको खुल्न आएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक भएको ४ वर्ष बितिसकेको छ तर नयाँ नक्सा जारी गरेपछि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायलाई तत्कालीन सरकारले हालसम्म जानकारीका…