काठमाडौँ, २० साउन । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिबारदेखि सुरू भएको आन्तरिक अभियान १० दिन चल्नेछ । साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई…