काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले शुक्रवार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो । उक्त समय आज पूरा हुँदैछ । यसअघि गत वर्ष…