सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध

काठमाडौँ, ९ साउन । सार्वजनिकस्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित शंखमूल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा अवरोध गरिएको हो । स्थानीयले सो स्थानमा यही साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर…